२०८२ असार २७ गते , शुक्रबार dfomahottari2075@gmail.com || 9847845668
मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालय डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरी

महोत्तरी जिलालाई पुरानो इतिहासमा मिथिला प्रान्तको एक छेत्रको रुपमा चिनिन्छ l यहाँ मुख्यता: जलेशवरनाथ महादेवको मंदिरले पुरानो हिन्दूत्वको इतिहास बोकेको छ भने परौल स्थान मंदिर देवी को रूपमा, सोनामाई स्थान देवी भगबतीको रूपमा, चेरू माई स्थान पनि देवीको रुपमा तथा टूटेश्वरनाथ मंदिर महादेवको रुपमा चिनिन्छ l यो जिल्ला उत्तरमा चूरे पहाड़ देखि दक्षिणमा भारतको सिमाना सम्म फेलिएर रहेको छ l यसको उत्तर –दक्षिणको औसत लम्बाई ५८.७० कि.मी. र पूर्ब-पशचिम औसत चौड़ाई १६.८२ कि.मी. रहेको छ यस जिल्लाको स्वरुप झनडै नेपालको नक्सा आकारको रहेको देखिन्छ l यस जिलाको दक्षिण भेगमा शिव पुरानामा वर्णीत बिशव प्रशिद जलेशवरनाथ महादेब मंदिर ,कारिख स्थान सोनामाई भाग्मट्टीको मंदिर ,मठीहानिमा स्थान रामजानकी मंदिर तथा जलेश्वरमा बरुन सागर ,जल सागर जस्ता ताल तलौया र धार्मिक एब पुराता तविक महत्व बोकेको मंदिर गढ़हरु अब्सित छभने उत्तरी भेगमा पंच्धुरा भाग्मतिको मंदिर ,र टूटेश्वरनाथ महादेव्को मंदिर अबस्थित छ l यो जिल्ला नदिनाला र बनजंगल जस्ता प्रकृति स्रोत साधनमा पनि धनि नै मानिन्छ यस जिल्लाको वन छेत्र अधिकारी उत्तर तरफको चूरे र भावरमा पर्ने भएकोले सो छेत्रको भौगौलिक संरचनाको सम्बेदंशीलतालाइ मध्येनजर राखी उत्त वन लाइ संरचना मुखी व्यबस्थापनको आधारमा व्यबस्थापन गर्दै आई रहेको छ l यी वनका अखिकाश भाग हरु सरकारदुद्वारा व्यबस्था राष्ट्रीय वनको रुपमा रहेको छ भने अन्य वनहरु सामुदायिक वन, कबुलियती बन ,सार्वजानिक तथा निजी वनको रुपमा व्यबस्थापन हुदै आई रहेको छ अस जिल्लाको भौगोलिक संरचना आधारमा भावर चूरे क्षेत्रमा वन रहेको छ भने दक्षिण तराई क्षेत्रमा अधिक बसोबास क्षेत्र रहेको छ अधिक जनसंख्या र कम वन क्षेत्र भएकोले स्थानीय जनताको सार्वजानिक जग्गामा ब्यापक बृक्षरोपण गारी वन बिकाश गर्नु पर्ने बिकल्प बाहेक अन्य नभएको देखिंन्छ यस जिल्लामा घना बस्ती तथा बढ़ी जनसख्या भएका कारण वन क्षेत्रमा अधिक चाप परी रहेको छ l वन पैदावारको मागअत्यधिक रहेकोले अबैध वन कटनी , फदनी गारी वन पैदावार बिक्री भई रहेको छ l यसको साथै खुला च्रिचरण, वन ड़ढ़ेलो आदिका कारण वन को मौज्दात परिमाण घटदै गएको र वन पैदावारको गुणस्तरमा समेत हास् आएको देखिन्छ प्रक्री वन व्यबस्थापनका धेरै जसो कर्यक्रमहरु चूरे र भावर क्षेत्रमा केन्द्रीत छ भने निजी र सार्वजनिक वन बिकाश र बिस्तार कार्य तल्लो समतल भेगमा गरिदै आएको छ l यो जिल्ला २ नः प्रदेशमा पर्छ एब यस जिल्लालाई राजनैतिक बुभाजनको हिसाबले ५ बटा गाउॅपालिका ,१० बट्टा नगरपालिका बिभाजन गरिएको छ र साथै ४ बटा प्रतिनिधि सभा निवाचन क्षेत्र तथा ८ बटाप्रदेश सभा निर्वाचन क्षेत्रमा बिभाजन गारिएको छ बट्टा नगरपालिका र नगरपालिकाको बितृत बिवरण अनुसूची ५ मा उल्लेख गरिएको छ |

अजय कुमार मिश्र डिभिजनल वन अधिकृत 9854031028 dfomahottari2075@gmail.com
view details
बेचु कुमार मिश्र सूचना अधिकारी 9854031495 dfomahottari2075@gmail.com
view details