महोत्तरी जिल्लालाई पुरानो इतिहासमा मिथिला प्रान्तको एक छेत्रको रुपमा चिनिन्छ l यहाँ मुख्यतः जलेश्वरनाथ महादेवको मन्दिरले पुरानो हिन्दूत्वको इतिहास बोकेको छ भने परौल स्थान मन्दिर, देवी को रूपमा सोनामाई स्थान देवी भगवतीको रूपमा, चेरू माई स्थान पनि देवीको रुपमा तथा टूटेश्वरनाथ मन्दिर महादेवको रुपमा चिनिन्छ l यो जिल्ला उत्तरमा चूरे पहाड़ देखि दक्षिणमा भारतको सिमाना सम्म फैलिएर रहेको छ l यसको उत्तर –दक्षिणको औसत लम्बाई ५८.७० कि.मी. र पूर्ब-पश्चिम औसत चौड़ाई १६.८२ कि.मी. रहेको छ। यस जिल्लाको स्वरुप झन्डै नेपालको नक्सा आकारको रहेको देखिन्छ l यस जिल्लाको दक्षिण भेगमा शिव पुरानमा वर्णीत विश्व प्रसिद्ध जलेश्वरनाथ महादेब मन्दिर ,कारिख स्थान, सोनामाई भगवतीको मन्दिर, मठीहानिमा स्थित रामजानकी मन्दिर तथा जलेश्वरमा बरुन सागर ,जल सागर जस्ता ताल तलैया र धार्मिक एवं पुरातात्विक महत्व बोकेको मन्दिर गढ़हरु अवस्थित छन् भने उत्तरी भेगमा पंच्धुरा भगवतीको मन्दिर र टूटेश्वरनाथ महादेवको मन्दिर अवस्थित छ l यो जिल्ला नदिनाला र वनजंगल जस्ता प्राकृतिक स्रोत साधनमा पनि धनि नै मानिन्छ l यस जिल्लाको वन छेत्र अधिकारी उत्तर तर्फको चूरे र भावरमा पर्ने भएकोले सो छेत्रको भौगौलिक संरचनाको संवेदनशिलतालाई मध्येनजर राखी उक्त वनलाई संरचना मुखी व्यबस्थापनको आधारमा व्यबस्थापन गर्दै आई रहेको छ l यी वनका अधिकांस भागहरु सरकारद्वारा व्यवस्थित राष्ट्रीय वनको रुपमा रहेको छ भने अन्य वनहरु सामुदायिक वन, कबुलियती वन ,सार्वजानिक तथा निजी वनको रुपमा व्यबस्थापन हुदै आई रहेको छ l यस जिल्लाको भौगोलिक संरचनाको आधारमा भावर चूरे क्षेत्रमा वन रहेको छ भने दक्षिण तराई क्षेत्रमा अधिक बसोबास क्षेत्र रहेको छ l अधिक जनसंख्या र कम वन क्षेत्र भएकोले स्थानीय जनताको सार्वजानिक जग्गामा व्यापक वृक्षारोपण गारी वन विकाश गर्नु पर्ने बिकल्प बाहेक अन्य नभएको देखिंन्छ l यस जिल्लामा घना बस्ती तथा बढ़ी जनसख्या भएका कारण वन क्षेत्रमा अधिक चाप परीरहेको छ l वन पैदावारको माग अत्यधिक रहेकोले अबैध वन कटनी , फडानी गरी वन पैदावार बिक्री भई रहेको छ l यसको साथै खुला चरिचरण, वन ड़ढ़ेलो आदिका कारण वनको मौज्दात परिमाण घट्दै गएको र वन पैदावारको गुणस्तरमा समेत ह्रास आएको देखिन्छ l वन व्यबस्थापनका धेरै जसो कर्यक्रमहरु चूरे र भावर क्षेत्रमा केन्द्रीत छ भने निजी र सार्वजनिक वन विकाश र बिस्तार कार्य तल्लो समतल भेगमा गरिदै आएको छ l यो जिल्ला २ नं. प्रदेशमा पर्छ एवंम् यस जिल्लालाई राजनैतिक विभाजनको हिसाबले ५ बटा गाउॅपालिका ,१० वटा नगरपालिकामा विभाजन गरिएको छ र साथै ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा विभाजन गारिएको छ l नगरपालिका र नगरपालिकाको विस्तृत विवरण अनुसूची ५ मा उल्लेख गरिएको छ |
readmoreप्रकाशित मिति :
२०८१ मंसिर ५ गते , बुधबार
आईतवार - विहिबार
विहान १०:०० देखि ५:०० सम्म
शुक्रवार
विहान १०:०० देखि ३:०० सम्म
सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहने छ
सम्बन्धित लिङ्कहरू